साउन २३ काठमाण्डौँ । मंसिर ४ गते हुने ंसंघ र प्रदेशको निर्वाचनमा सिट बाँडफाँटको बिषयमा पाँच दलीय गठबन्धनले बनाएको कार्यदलले आजबाट काम शुरु गर्ने भएको छ ।
चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको बैठक अपरान्ह ३ बजे बालुवाटारमा बस्ने छ । यसले सबै निर्वाचन क्षेत्रमा दलहरुको अवस्था, प्राप्त मत संख्या र सबै विषयमा छलफल गरेर अन्तिममा सिट बाँडफाँटको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline