साउन २१ काठमाण्डाँै । एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ सिटमा खुम्चिएर एमालेलाई सोझो आँखाले हेर्न नसक्ने अवस्थामा पुगेको काँग्रेसलाई बञ्चरोको बिँड बनेर एमाले समाप्त पार्ने अभियानमा प्रचण्ड र माधव नेपालले सहयोग गरिरहेको आरोप लगाएका छन् ।
शनिवार पार्टी कार्यलयमा प्रदेश १ का कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै ओलीले बञ्चरोले मात्रै रुख ढाल्न नसक्ने भएकाले प्रचण्ड र माधव नेपाल बिँड बनेको जिकिर गरे ।
उनले माओवादी र माधव नेपालको पार्टीमा भएका नेता कार्यकर्तालाई एमाले प्रवेश गर्न आग्रह गरे ।
उनले आगामी निर्वाचनमा देशको विकासका लागि एमालेलाई बहुमत दिनु पर्ने माग दोहोर्याए ।
यता उनले स्वतन्त्र भनिनेहरुप्रति पनि कडा प्रहार गरेका छन् । स्वतन्त्र भनेर हुँईया चलाउनेहरु देश भँडुवा भएको पनि ओलीको दाबी छ । देश चलाउन संसारै भरी पार्टीको आवस्यकता पर्ने, विचारधाराको आवस्यकता पर्ने भन्दै चाहिने नचाहिने काम गरेका पत्रकार एउटा जमातले साथ दियो भनेर कुदेको छ भन्दै रवी लामिछानेप्रति ब्यग्य गरेका छन् ।