उपेन्द्र यादवको पार्टी क्षेत्रीय जातिवादी हुँदै अब पतनतिर गयो : बाबुराम

उपेन्द्र यादवको पार्टी क्षेत्रीय जातिवादी हुँदै अब पतनतिर गयो : बाबुराम

  • शनिबार, साउन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं साउन २१ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादवको पार्टी जसपा क्षेत्रीय जातिवादी संकीर्ण हुँदै अब पतनको दिशामा गएको टिप्पणी गरेका छन् ।
जसपाबाट कार्बाहीमा परेपछि उनले गठन गरेको नेपाल समाजवादी पार्टीको बैठकलाई आज संवोधन गर्दै उनले अहिले सम्म पटक पटक नयाँ प्रयोग र परिक्षण गर्दै आएको र अझै पनि थुप्रै परिक्षण गर्नु पर्ने बताए ।

भट्टराईले जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भएको बताए ।

जनता समाजवादी पार्टीलाई समाजवादी विचारसहितको वैकल्पिक शक्तिको रूप रूपान्तरणको प्रयास गरे पनि नेतृत्वले पुरानै शैली नत्यागेकाले पनि आफूहरू नयाँ विकल्प रोज्न बाध्य भएको भट्टराईको दावी छ ।

नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिले वैधानिकताको प्रक्रियालाई पूरा गर्ने भन्दै उनले आफूहरूसँग भएको वैकल्पिक विचार र नयाँ प्रणालीले देशलाई वैकल्पिक बाटो देखाउने दाबी गरे ।

भट्टराईले आगामी निर्वाचनमा एक्लै लड्ने वा विचार मिल्नेसँग तालमेल गरेर जाने बारे छलफल हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ