साउन २० काठमाण्डौँ । सरकारले आगामी मंसीर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएसँगै गठबन्धन दल सिट बाँडफाँट र चुनावी तालमेलका बिषयमा छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
गठबन्धनका नेताहरु अब चुनावी तालमेल र सिट बाँडफाँटमा केन्द्रीत हुन लागेका हुन् । स्थानीय चुनावमा तालमेलमा देखिएको कमजोरी सुधार्दै सम्मानजनक सिट बाँडफाँटका लागि दलहरुले जोड दिँदै आएका छन् ।
०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ ।
सोही मोडालिटीमा टेकेर सिट बाँडफाँटका लागि आज कार्यदल बनाउने माओवादी नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline