साउन १९ एजेन्सी । चीन र ताईवानको मामलाले यतिखेर दुनियाँ विभाजित छ । चीनको चेतावनीका बाबजुद अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले सैन्य स्कर्टिङ सहित ताईपेईको भ्रमण गरेपछि आक्रोशित चीनले ताईवानलाई छ तिरबाट घेरा हालेर सँयुक्त सैन्य अभ्यास गरीरहेको छ ।
चीनबाट ताईवान अलग भएको ७३ वर्ष पुगेको छ । दक्षिण पूर्वी चीनको किनारबाट करीब एक सय माईल दुरीमा यो टापु अवस्थित छ । १९४९ मा चीनीया कम्युनिष्ट पार्टीले सत्ता कब्जा गरेपछि तात्कालिन कोमिन्ताङ सरकारका प्रमुख च्याङ काई सेक भागेर ताईवान टापु कब्जा गरी बसेका थिए ।
१९५३ मा चीनीया राष्ट्रअध्यक्ष माओत्सेतुङले ताईवान कब्जाको तयारी गर्दा गर्दै अमेरीकाले कोरीयामा आक्रमण गरेपछि चीन त्यता केन्द्रीत हुन बाध्य भयो । च्याङ काई सेकले कोरीयाली युद्धमा अमेरीकालाई साथ दिए ।
सन् १६६४ देखि नै चीनमा चिङ वंशको शासन रहेका बेला ताईवान चीनकै हिस्सा थियो । १८९५ मा चीनले ताईवानलाई जापानलाई बुझाउन बाध्य भयो । दोस्रो विश्व युद्धमा पराजीत भए पछि जापानले ताईवानलाई च्याङ काई सेकलाई हस्तान्तरण गरेको थियो ।
चीनीया कम्युनिष्ट पार्टीले सरकार बनाएपछि ताईवान पनि चीनकै अभिन्न अंग भएको बतायो । तर च्याङ काई सेकले त्यो मानेनन् र चीनको आधिकारीक प्रतिनिधि आफू भएको र ताईवान छाड्न मानेनन् अमेरीकाले उनलाई ुसघायो ।
चीनमा कम्युनिष्ट पार्टीले सत्ता कब्जा गरेदेखि नै प्रतिद्धन्दी जन्मिएको मानेको अमेरीकाले ताईवानलाई अलग्गै देशको रुपमा विकास गर्ने प्रयासमा लाग्यो ।
ताईवानको रक्षाका नाममा अमेरीकाले हाल सम्म खर्बौ डलरको हतियार, लडाकु विमान, क्रुज मिसाईल र सैन्य उपकरण बेचिसकेको छ ।
२ करोड ३० लाख जनसंख्या भएको यो टापु आर्थिक रुपमा निकै समृद्ध छ । संसारको आधा जति चिपको बजार यसको हातमा छ । घडी, रेडियो, मोबाईल र कारका साना चिप्सहरु यसले उत्पादन गर्दछ । चीनमा यस्ता उद्योगहरु ८ खर्ब अमेरीकी डलर भन्दा माथि रहेको अनुमान गरिएको छ ।
चीनले एक चीन नीति अन्तर्गत ताईवानलाई आफ्नो भुभाग मान्दै आएको छ ।
शान्तिपूर्ण रुपले एकीकरण संभव नभए बल प्रयोग गरेर भए पनि अब ताईवानलाई मुख्य भूमिमा बिलय गराउने रणनीतिमा चीन छ । यसका लागि विश्वकै अधिक सैन्य जनशक्ति भएको चीनले आफ्नो सेनाको आधुनिकिकरण, हतियारको आविस्कार र विकासमा जोड दिईरहेको छ ।
चीनले निश्चित अवधि नतोके पनि अबको केही वर्ष भित्र ताईवानलाई एकीकरण गर्ने तयारी गरेको अनुमान गरिएको छ । ताईवानलाई विश्वका अधिकांश देशले चीनको भुभाग मान्दै आएका छन् । अमेरीका लगायत केही देशले मात्रै ताईवानलाई मद्धत पुर्याईरहेका छन् ।
सैन्य तागतका हिशाबले पनि चीनको तुलनामा ताईवान निकै कमजोर छ । तर पछिल्लो रुस युक्रेन युद्धको स्थिति हेरेर ताईवानको मनोबल बढेको देखिन्छ ।
चीनले ताईवानलाई कब्जा गर्ने क्रममा अमेरीका र उसका सहयोगी जापान लगायतका देशसँग पनि युद्धको सामना गर्नु पर्ने कुरामा स्पष्ट रहेकाले उसले युद्ध गर्दा त्यो सबै तयारीलाई ध्यानमा दिएको छ । यसै कारण ७३ वर्ष सम्म पनि चीनले ताईवान एकीकरण गर्न सकेको छैन ।
तर पेलोसीको भ्रमणले चीनमा ताईवान गाभ्ने चीनीया एजेण्डा अब एक कदम अघि बढेको अनुमान गरिएको छ ।