साउन १७ काठमाण्डौँ । विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ पूर्जी जारी भएको प्रति एमाले माओवादीले संसदमा बिरोध जनाएका छन् ।
आज संसदको बैठकमा बोल्दै एमाले संसदीय दलका मुख्य सचेतक बिशाल भट्टराईले तीन बुदे सहमति मार्फत शान्तिपूर्ण राजनीतिमा आएको यो समुहलाई पक्राउ पूर्जी जारी गरेर फेरी गलत बाटो हिँड्न उद्धत गरेको भन्दै बिरोध जनाए ।
केपी ओली नेतृत्वको सरकारले विप्लव र सिके राउतलाई शान्तिपूर्ण राजनीतिको धारमा ल्याएको पनि भट्टराईले बताए ।
यसै गरी माओवादी सासद अमनलाल मोदीले विप्लव समुहका नेताकार्यकर्तामाथि पक्राउ पूर्जी जारी भएको प्रति आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो समूहका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। मोदीले सरकारले यसअघि नेकपाका नेता–कार्यकर्तामाथि लागेका मुद्दाहरू खारेज गर्ने र जेलमा रहेकाहरूलाई प्रक्रिया पुरा गरी रिहा गर्ने सहमति जनाए पनि नेताहरूमाथि पक्राउ पुर्जी जारी गरिएको उनले बताए।
हिजो मात्रै ललितपुर जिल्ला अदालतले पूरानो मुद्धाका आधारमा विप्लव, खड्ग बहादुर विश्वकर्मा सहित नेताहरुलाई पक्राउ पूर्जी जारी गरेको थियो ।