साउन १५ काठमाण्डौँ । अर्थमन्त्री जनार्दन शर्मा बिरुद्ध एमालेको आक्रोश अझै थामिएको छैन । उसले सडक र सदनबाट संसदीय समितिको रिपोर्ट बिरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्मालाई संसदीय समितिको छानविन प्रतिवेदनमा निर्दोष प्रमाणित गरिएपछि एमालेले आक्रोश कायम राखेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।
साउन १५ अर्थात खिर खाने दिनको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदले नै कल डिटेल हेर्न नदिएको बताए ।
अध्यक्ष ओलीले शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायव गरेको जिकिर गरे ।
प्रधानमन्त्री देउवाले आजै अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ति दिएका थिए ।