साउन १३ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन नै अहिलेको राजनीतिको मुलधार भएको बताएका छन् ।
प्रेस सेन्टरको केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै प्रचण्डले माओवादीकै एजेण्डामा देश अघि बढीरहेको र वर्तमान गठबन्धनलाई आगामी निर्वाचन सम्म कायम राख्ने बताए ।
निर्वाचन पछि पनि आवस्यकता पर्यो भने गठबन्धन कायम हुने उनको भनाई छ ।
यसै गरी उनले माओवादी नेतृत्वमा बनेका दुई वटा सरकारमा कुनै पनि भ्रष्टाचार र कुसासन नभएको र राम्रो कामको प्रचार हुन नसकेको बताए ।
उनले अहिले तत्काल समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको भन्दै तर चुनावी मोर्चा र पार्टी एकता संयोजन समिति बनाएर साझा घोषणा पत्र लेख्ने बिषयमा भने एकीकृत समाजवादी, वामदेव गौतम, बाबुराम भट्टराई लगायतकासँग छलफल भएको पनि बताए ।
पार्टीका पत्रकारहरुलाई लक्षित गर्दै प्रचण्डले पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर समेत नचलाएको भन्दै गुनासो गरे ।