एसपिपिमा सहभागी नहुने भनेर साउन ९ गते अमेरीकालाई पत्र दिईएको परराष्ट्रमन्त्री खड्काद्धारा जानकारी

एसपिपिमा सहभागी नहुने भनेर साउन ९ गते अमेरीकालाई पत्र दिईएको परराष्ट्रमन्त्री खड्काद्धारा जानकारी

  • शुक्रबार, साउन १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

साउन १३ काठमाण्डौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको संसदलाई जानकारी दिएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरे अनुसार पत्र पठाईएको बताए ।

साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ । मन्त्री खड्काले भने ।

उनले कूटनीतिक विषय भएकाले केही समय लागेको भन्दै हाम्रो नीतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यो नीतिलाई पछ्याउने बताए।

लष्अ
‘आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचार हुन केही समय लागेको हो’, उनले ढिलो पत्राचार गरेको विषयमा स्पष्ट पारे।

सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै एसपिपीमा सहभागी नहुने निर्णय गरे पनि पत्राचार नगरेको भन्दै आलोचना हुँदै आएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ