नागरिकता विवाद पुरानो हो, यसबारे पहिले अध्ययन गर्छु अनी मात्रै निर्णयः राष्ट्रपति भण्डारी

नागरिकता विवाद पुरानो हो, यसबारे पहिले अध्ययन गर्छु अनी मात्रै निर्णयः राष्ट्रपति भण्डारी

  • मङ्लबार, साउन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

साउन १० , काठमाडौँ । नागरिकता विधेयकबारे जनस्तरबाट नै विरोध भईरहेकाबेला राष्ट्रपति विद्यादेवी भण्डारीले चाँसो देखाएकी छिन् । राष्ट्रपति भण्डारीले संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने र यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पत्रकारहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको धारणा मागेपछि भण्डारीले अध्ययन गरेपछि मात्रै निर्णय लिने बताईन् ।

अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठीक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए।

जवाफमा राष्ट्रपति भण्डारीले भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’

नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’

नागरिकताको विधेयकबारे कुरा गर्दैगर्दा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको स्मरण गर्दै उनले छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरुले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको बताईन् ।

राष्ट्रपतिले थपिन्, ‘२० वर्षपछिको संसदको अधिकार छिन्न मिल्दैन। २० वर्षपछि बाटो बनाउन अहिल्यै रुख काट्न मिल्छ ?’

राष्ट्रपति भण्डारीले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको बताउर्दै गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन्।

राष्ट्रपतिले भनिन् ‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो।’

यस्तै राष्ट्रपति भण्डारीले सोहि क्रममा देशको आर्थिक अवस्था विकराल बन्दै गएको निश्कर्षसहित आफ्नो चार पृष्ठ लामो लिखित वक्तव्य पढेर सुनाएकी थिइन्। आफूले कुनै सरकारप्रति लक्षित गरेको नभएर विगत ५० वर्ष यताको हिसाब गर्न चाहेको बताइन्।

‘मैले त ५० वर्षको हिसाब गरौं भनेकी छु। के यो कसैप्रति लक्षित हुन्छ ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो ? कहाँकहाँ लगानी भयो र त्यसको उपलब्धि के पायौं? कतिपय शब्दहरु प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ। देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ।’राष्ट्रपति भण्डारीले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ