प्रमुख आयुक्त थपलिया भन्छन्- आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ

प्रमुख आयुक्त थपलिया भन्छन्- आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनावको मिति तोक्न सक्छ

  • मङ्लबार, साउन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १० साउन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् ।

मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते निर्वाचन हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरेका छन् ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो । आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ,’ उनले भने ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको थपलियाले बताए । उनले निर्वाचनको तयारीका सबै काम सुरु भइसकेको समेत बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेकोसमेत बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी