एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह

एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ८ साउन । सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन् ।

एक महिनाअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए पनि हालसम्म यसबारे औपचारिक रुपमा अमेरिकालाई जानकारी नगराएपछि सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेका बेला अध्यक्ष नेपालको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।

काठमाडौंमा आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

यसबारे केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले प्रधानमन्त्री देउवालाई तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनको भनाइ छ ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो । तर, परराष्ट्र मन्त्रालयले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाएको छैन । पत्राचार गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ