अवैध उत्खन्न गर्ने सवारीसाधनलाई पक्राउ गरेजस्तो गर्दै छाड्दै, प्रशासनकै मिलोमतो

अवैध उत्खन्न गर्ने सवारीसाधनलाई पक्राउ गरेजस्तो गर्दै छाड्दै, प्रशासनकै मिलोमतो

  • आइतवार, साउन ८, २०७९
  • विशाल बस्नेत

  • 9.7K
    SHARES

महोत्तरी, ८ साउन।

आर्थिक वर्ष  ०७८/७९ मा महोत्तरीमा नदीजन्य वस्तु दोहनमा सम्लग्न ६२ वटा सवारीसाधन पक्राउ परे । प्रकाउ पर्नेमा ६ वटा जेसिबी, २७ वटा ट्याक्टर, २९ वटा ट्रिफर थिए । पक्राउ पर्नेमा धेरैजसो क्रसर व्यवसायीको जेसिबी, लोडर, ट्रिफर र ट्याक्टर रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका सवारीसाधनबाट जरिवानास्वरुप १३ लाखभन्दा बढी राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बर्दिबास, गौशाला र औरही नगरपालिकामा नदीजन्य वस्तुको व्यापक उत्खनन् भैइरहेको पाइएको छ । यी नगरपालिकामा रातु, मरहा, जंगाहा, खयरमारा, बाँके आदि नदी छन् ।

सामान्य जरिवाना गरिएका सवारीसाधनले फेरी नदी उत्खनन् गर्दा किसानहरूको सिंचाइ तथा नहरमा समस्या, कटान र बाढी बस्तीमा पस्दा धनजनको क्षति हुने गरेकाे छ । नदीको उत्खनन्काे निश्चित मापदण्ड बन्न नसक्दा जिल्लामा क्रसर व्यवसायी र ट्याक्टर व्यवसायीको मनोमानी चलेकाे स्थानीय बताउँछन् ।

ढुङ्गा, गिटी, वालुवा उत्खनन् तथा बिक्रीवितरण ०७७ मा सरकारले स्पष्ट मापदण्ड बनाए पिन मापदण्ड कार्यान्वयन गराउन नसक्दा समस्या भइरहेकाे छ । बरु नदीजन्य वस्तुको उत्खनन्मा प्रोत्साहन गरिरहेको स्थानीयकाे आरोप छ ।

४ साउन ०७७ मा मन्त्री परिषद्को बैठकबाट स्वीकृत ‘ढुङ्गा, गिटी, वालुवा उत्खनन् बिक्री तथा ब्यवस्थापनसम्बन्धी मापडण्ड ०७७’ कार्यान्वयन  गर्न सङ्घीय सरकारले सबै पालिका र जिल्ला समन्वय समितीलाई पत्राचार समेत गरेको थियो । तर, मापदण्डविपरित खुलेआम उत्खनन्लाई नै रोजिरोटी बनाइरहेका ट्याक्टर व्यवसायी र क्रसर उधोगहरूले राजनैतिक शक्तिकाे आडमा नियम, कानुनलाई  नै चुनौती दिँदै आएका छन् ।

ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसमबन्धी मापडण्ड ०७७ थप संसोधन गर्दै ०७९ समेत जारी गरेको छ । उक्त संसोधनमा क्रसर व्यवसाय संचालनका लागी स्पष्ट दुरी निर्धारण गरेको छ ।

क्रसर उधोग सञ्चालन गर्दा राजमार्गवाट पाँच सय मिटरमा दुरीमा हुनुपर्ने मापदण्ड छ । यसैगरी, खोला वा नदिको किनारबाट पाँच सय मिटर दुरीमा, शिक्षण संस्था, स्वास्थ्य संस्थाबाट एक किलोमीटर दुरीमा, अन्तराष्ट्रीय सीमाबाट एक किलोमीटर दुरीमा, पक्कीपुलवाट पाँच सय मिटर दुरीमा, निकुञ्ज वा आरक्षणवाट दुई किलोमिटर दुरीमा, वन क्षेत्र र ऐतिहासिक, तालतलैयावाट पाँच सय मिटर पर, घनावस्ती, सिमसार क्षेत्रबाट पाँच सय मिटर दुरीमा, चुरे पहाडको फेदीबाट १५ सय मिटर दुरीमा हुनुपर्ने भए पनि यहाँ मापदण्ड अनुसरण गरेकाे पाइदैन । महाेत्तरीमा ५० को हाराहारीमा क्रसर उधोग छन् ।

प्रशासनकै मिलोमतो

नदीजन्य वस्तु उत्खनन्मा प्रशासनको नै मिलोमतो हुने गरेको पाइएको छ । स्थानीय प्रहरी चौकी, इलाका प्रहरी कार्यालय जस्ता मातहतका प्रहरी चौकीले ट्याक्टर व्यवसायीहरूसँग मासिक पैसा उठाउने गरेको समेत स्थानीयकाे भनाइ छ ।

एक जना ट्याक्टर व्यवसायीले भने, `हामी पैसा उठाउँछौ अनि मासिक रुपमा प्रहरीलाई दिने गरेका छौँ ।´ नजिक खोला तथा नदीबाट नदीजन्य वस्तुको ओसारपसार प्रहरीको आँखा अगाडि नै भए पनि त्यस बेवास्ता हुनुले पनि प्रहरिको मिलोमतो रहेकाे आशंका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी