एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमानः माधव नेपाल

एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गर्नु नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमानः माधव नेपाल

  • शनिबार, साउन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर नेकपा एमालेवाट बिद्रोह गरेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेको पनि बताएका छन् । नेकपा एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाई छ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेवाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। नयाँ निमार्ण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’ नयाँ पार्टी निमार्ण पछि नेतृत्वको काँधमा अनेक चुनौतिहरु भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै संगठन निमार्णलाई बलियो बनाउनु पर्ने नेपालले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ