पुँजीवादीहरूमा उदारता आएर होइन मजदुरहरुकै कारण अहिलेको अवस्था आएको हो : ओली

पुँजीवादीहरूमा उदारता आएर होइन मजदुरहरुकै कारण अहिलेको अवस्था आएको हो : ओली

  • शनिबार, साउन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ७ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व अहिलेको स्थितिमा भइरहेको विकास र आधुनिकता मजदुरहरूकै कारण भएको बताएका छन् । विश्वका विभिन्न देशमा मजदुर युनियन आवश्यक नै नभएको भनेर अभियान समेत चलेको तर पछि उनी मजदुहरूबाटै विश्वमा परिवर्तन सम्भव भएको बताए ।

काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले पुँजीवादीहरूका कारण विश्वमा परिवर्तन भएको हो की जस्तो देखिए पनि त्यस नभएको उनले बताए । उनी यो परिवर्तन हाम्रो संघर्षको परिणम भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले नेपालमा पनि भएका जति पनि सुधार छन सबै मजुदरकै कारण भएको बताए । उनले कार्यक्षेत्रमा महिला पुरुष बराबरी, कार्यस्थल सुरक्षा, बिमा, ज्यालमा समानाता, समाजिक सुरक्षा जस्ता सबै सुधार मजदुरकै कारण भएको बताए । तीन वर्ष अघि अर्थात सन् २०१९ मा आफू आइएलओमा जाँदा पनि त्यहाँ नेपाली मजदुरहरुको योगदानको प्रशंसा भएको सुनाए ।

कार्यक्रममा उनले नेपालको भविष्य र सुसासनको मजदुरहरुमै निर्भर रहेको बताए । साथै, समृद्ध नेपाल, सुखी नेपाली अभियान मजदुर आन्दोलन र मजदुर युनियनकै उपार्जन भएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ