काठमाडौं साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ ।
वि।सं। १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो ।
पुष्पलालले वि।सं। २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका सहोदर माइला भाइ हुन् ।
पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिष्ट आन्दोलन विस्तारमा मद्धत पुर्याएका थिए ।
उनले आफ्नो जीवनको सम्पूर्ण उर्जाशिल सयम खर्चिएर जीवनलाई नै दाउमा राख्दै स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न चरणमा सत्ता र गुटगत स्वार्थमा लागेर अहिले विभिन्न टुक्रामा विभाजन भएको छ ।
पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।
आज विभिन्न कम्युनिष्ट पार्टीले कार्यक्रम गरेर पुष्पलाल स्मृति दिवस मनाउदैछन् ।