मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम 

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम 

  • बिहिबार, साउन ५, २०७९
  • खड्क सुनार

  • 5.2K
    SHARES

मुगु, ५ साउन  । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ ।

आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्ललीमा परेका छन् ।

राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् ।  उनीहरू घाम लाग्दा शितलता लिन जंगलतिर धाउन्छन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् ।

दिनमा पानी पर्दा छिमेकी वा आफन्तको घरमा ओत लाग्न जान्छौँ । तर, राति पानी परे ओत लाग्ने नमिल्ने भएकाले रातभर   जाग्राम बस्नुपर्छ,’ अग्नि पीडित झम्बा तामाङले बताइन् । उनी मात्र होइनन अन्य अग्नि पीडितहरूको पीडा उही छ । घाम र पानीबाट मात्र होइन पीडितहरु सर्पजस्ता विषालु जीवजन्तुबाट उत्तिकै जोखिममा छन् ।

पछिल्लो समय लगातार परेको वर्षाका कारण सर्पले सास्ती दिने गरेको उनीहरु बताउँछन् । पानी परिरहेका कारण राति पहिरो र सर्प आउँछ कि भनेर हेरिरहनुपर्छ,’  पीडित गुरु तामाङको दुखेसो छ ।

सरकारले मात्र होइन यहाँ क्रियाशील विभिन्न संघसंस्थाले सुरुमा चासो देखाए पनि पछि पीडितको समस्या समाधानमा चासो नदिएको पीडितहरु गुनासो गर्छन् ।

आगलागी भएको दोस्रो दिन नै  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेर घरहरूको पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए ।  घरको पुनर्निर्माणको लागि पीडित र छायाँनाथ रारा नगरपालिकासँग नक्सा पास गर्न बारम्वार पहल गरेको र घर बनाउँदा भुकम्प मापदण्ड, भवन आचारसंहिताको मापदण्ड पालना गरि वडा कार्यालयबाट सिफारिस गरि पहिलो किस्ताको रकम प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

‘प्रदेश सरकारबाट आएको रकम कोषमा जम्मा भएको छ,’ प्रजिअ महतले भने,’ पीडितले नक्सा पास गरेर आए प्रदेश सरकारबाट प्राप्त रकम प्रदान गरिनेछ ।’ प्रदेश सरकारले क्षतिपुर्तिको आधारमा अधिकतम ४ लाखसम्म रकमको राहत दिने प्रजिअ महतको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी