साउन ५ काठमाण्डौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आज संसदीय छानविन समितिलाई तीन घण्टा लामो बयान दिएका छन् । छानविन समितिका ११ सदस्य नै सहभागी बैठकमा उनीसँग बयान लिईएको थियो ।
उनले बयानको क्रममा बजेट निर्माण गर्दा बाहिरी मानिस प्रवेश गराएको भन्ने आरोपको अस्वीकार गरेका छन् ।
यस अघि पनि सचिव र अन्य कर्मचारीले बाहिरी मान्छे प्रवेश भएको विषय अस्वीकार गरेका थिए ।
आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।
बयानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’
यो वयान लिएपछि पनि समितिले आजै प्रतिवेदन तयार पार्न नसक्ने भएकाले समितिको म्याद थपका लागि सभामुखलाई आग्रह गर्ने समितिले तयारी गरेको छ ।