अब बिचार मिल्नेहरुबीच पार्टी एकीकरण हुन्छः प्रचण्ड

अब बिचार मिल्नेहरुबीच पार्टी एकीकरण हुन्छः प्रचण्ड

  • मङ्लबार, साउन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

साउन ३ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्नेसँग पार्टी एकीकरण छिट्टै हुने दाबी गरेका छन् ।
सिंहदरबारमा भएको तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पुनः पार्टी एकीककरण गर्नेबारे सकरात्मक छलफल भएको बताए ।

कांग्रेससँगको गठबन्धनलाई भने कायमै राख्नेबारेमा कसैको पनि विमति नरहेको उनको भनाई छ ।

‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको बहुमत हौं,’ उनले भने, ‘त्यसैले विचार मिल्नेहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ, पार्टी एकीकरणको पनि चर्चा गरेका छौं ।’

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी०) अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, कम्युनिष्ट नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ