काठमाडौँ साउन ३ । चुनाव अघि नै समाजवादी केन्द्र निर्माणबारे माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बाबुराम पक्षबीच छलफल भएको छ ।
नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेताहरुको छलफल सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष दाहालसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी छन् ।
तीन दलीय छलफलअघि माओवादी केन्द्र अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline