हराएको सिसिटिभी फुटेज रिकभर गर्न संसदीय छानविन समितिले विज्ञहरुसँग परामर्श गर्ने

हराएको सिसिटिभी फुटेज रिकभर गर्न संसदीय छानविन समितिले विज्ञहरुसँग परामर्श गर्ने

  • मङ्लबार, साउन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन ३ काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हो । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो ।

चालू आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाएपनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो ।

डिलिट भएको सीसीटीभी फुटेज पुनः प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुको सहयोग लिने छानविन समितिको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ