बधुवा मजदुर कसैले पनि राखेको पाईएमा कार्बाही गर्न प्रधानमन्त्रीको निर्देशन

बधुवा मजदुर कसैले पनि राखेको पाईएमा कार्बाही गर्न प्रधानमन्त्रीको निर्देशन

  • सोमवार, साउन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

साउन २ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले पनि कमैया वा त्यसैको रुपमा हरवाचरवा राख्न वा अन्य बँधुवा श्रमिक राख्न नपाउने उल्लेख गर्दै त्यस्तो पाईए तत्काल कार्बाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सामाजिक कुप्रथाको रुपमा रहेको कमैया प्रथालाई सरकारले निषेध गरेको २२ वर्ष पूरा भइसकेको भन्दै त्योसँगै हरवाचरवाको समेत मुक्तिको घोषणा भएको बताए ।

सोमबार कमैया मुक्तिको २२ वर्ष पूरा भएको सन्दर्भमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अब कसैले पनि कमैया, हरवाचरवा वा अरु कुनै नाममा बँधुवा श्रमिक राखेको भए त्यो सरकारी घोषणा र कानुनविपरीत हुने बताए ।

कार्यक्रममा हरवाचरवाहरुको तर्फबाट दर्शन मण्डलले सरकारले कमैया मुक्तिको घोषणा गरे पनि मधेशका हरवाचरवा श्रमिकको मुक्तिको घोषणा नगरेको गुनासो गरे ।

उनले हरवाचरवाको दैनिकी कस्तो छ भनेर बुझिदिन र अनुगमन गरिदिन माग गरे ।

सरकारले २२ वर्षअघि नै कमैया मुक्तिको घोषणा गरे पनि तराईमा भने त्यस्तै प्रकृतिको हरवाचरवा प्रथा कायम रहेको भूमि व्यवस्था मन्त्रालयको एक अध्ययन समितिको प्रतिवेदन छ । मधेशका करिब एक लाख परिवार अहिलेपनि हरवाचरवाको जीवन बाँच्न बाध्य रहेको सरकारी प्रतिवेदनले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ