अर्थमन्त्रीमा जनार्दन शर्मा नै फर्किने संभावनाः अनाधिकृत व्यक्ति संलग्न भएको प्रमाण फेला परेन अझै !

अर्थमन्त्रीमा जनार्दन शर्मा नै फर्किने संभावनाः अनाधिकृत व्यक्ति संलग्न भएको प्रमाण फेला परेन अझै !

  • आइतवार, साउन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

साउन १ काठमाण्डौँ । एमालेले अर्थमन्त्री जनार्र्दन शर्माले अनाधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै आपत्ति जनाए पछि मन्त्रीमाथि छानविनका लागि समिति बनेको थियो । सो समिति बने लगत्तै मन्त्री शर्माले राजीनामा दिएर छानविनलाई सहयोग गर्ने बताएका थिए ।

दश दिनको समय पाएको संसदीय छानविन समितिले दिनहुँ सिंहदरबारमा सिसिटिभीको फुटेज असार महिनाभरको हार्ड ड्राईभ दिएर हेरे पनि दाबी गरिए जस्तो अनाधिकृत व्यक्ति प्रवेशको प्रमाण नदेखिएको एक समिति सदस्यले दाबी गरे ।

त्यसै गरी बजेट निर्माणमा संलग्न मन्त्रालयका अधिकारीहरुसँग बयान लिँदा पनि उनीहरुले अनाधिकृत व्यक्ति प्रवेश गरेको कुरा स्वीकारेका छैनन् ।

यो स्थितिमा संसदीय समितिले ठोस निष्कर्ष सहितको प्रतिवेदन ल्याउने संभावना कम देखिएको उनको दाबी छ ।
अब समितिले जनार्दन शर्मासँग समेत बयान लिनेछ । त्यसपछि सर्वसहमतिले वा नभए बहुमतका आधारमा प्रतिवेदन दिनेछ ।
त्यसमा जनार्दन शर्मा दोषी ठहर नभए उनैलाई अर्थमन्त्रालयमा जिम्मेवारी दिने तयारी प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।
सोही कारण हाल सम्म अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ