साउन १ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमण गरी स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने भनिए पनि अन्तिममा मोदीले समय नदिएपछि भेट हुन सकेन ।
अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मोदीसँग भेट हुन नसकेको कारण आफूलाई पनि थाहा नभएको बताए ।
यद्यपि, यो भ्रमण अत्यन्त उपलव्धिमुलक भएको प्रचण्डको दावी छ । उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग महत्वपूर्ण कुराकानी भएको र त्यस क्रममा दुई देशका समस्या, संभावना र चुनौतीका बारेमा खुलेर छलफल भएको र छिट्टै प्रगति देखिने दाबी गरे ।
सीमा समस्या, डुबान, खाद्यन्न र पेट्रोलियम पदार्थको समस्या सबै बिषयमा गंभीर कुराकानी भएको उनले बताए ।
भारत भ्रमणका क्रममा उतै आरजु राणासँग भएको भेटका बारेमा मिडियाले अतिरञ्जित कुरा गरेको पनि प्रचण्डको गुनासो छ ।