असार ३२ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई कटाक्ष गर्दै चौरीको पुच्छर जस्तो काँग्रेसको पछि लाग्ने कसरी वामपन्थी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
आज काठमाण्डौँमा आयोजित एक कार्यक्रममा ओलीले यदी एमाले बाहेक अरु कोही वामपन्थी भए काँग्रेससँगको गठबन्धन तोडेर वामपन्थी एकतामा आउन अपील गरे ।
ओलीले भने, ‘वामपन्थी हुनुहुन्छ भने आउनुस् एमालेसँग मिलेर कांग्रेस विरोधी होइन देश, लोकतन्त्र र कानुनी राजको पक्षमा उभिने सरकार बनाऊँ र अघि बढौं।’
उनले वामपन्थी सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउन पाँउ भन्दै मुद्धा हाल्न गएको भन्दै नाम नलिईकन प्रचण्ड माधव नेपाललाई सम्झाएका थिए ।
सोही कार्यक्रममा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अमेरीकाले नेपाली भूमि प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको भन्दै सचेत हुनु पर्ने बताए ।
उनले एमाले अध्यक्ष ओलीलाई वामपन्थी मोर्चा, तालमेल गर्दै अघि बढ्न सुझाव दिएका थिए ।