असार ३२ दिल्ली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्न अब ढिला गर्न नहुने बताएका छन् ।
भारतको राजनीतिक भ्रमणमा रहेका प्रचण्डले फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले आज नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जानु पर्ने र त्यसका लागि यो सन्धिको पुनरावलोकन हुनु पर्ने बताए ।
उनले नेपालमा निर्यातजन्य र कृषिजन्य उद्योगलाई प्राथमिकता दिईएको भन्दै सो क्षेत्रमा लगानी गर्न उनले भारतीय लगानीकर्ताहरुलाई अपील समेत गरे ।
उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline