असार ३२ काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
तीन दिने भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रचण्डलाई विदेशमन्त्री जयशंकरले नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन् ।
उनले भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा रहेका दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । त्यस्तै ुछिमेकी पहिलोु नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि दावी गरेका छन् ।
आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ । जयशंकरले ट्वीटरमा लेखेका छन् ।
भारतमा रहँदा प्रचण्डले बिजेपीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।