कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरमा बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यसअघिको बैठकमा पार्टी र समसामयिक राजनीतिक विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना धाराणा राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले धाराणा राख्ने क्रम सकिएपछि शनिबार पदाधिकारीले धारणा राख्ने भएका हुन् ।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीको विषयमा समेत प्रश्न उठाएका छन् ।

पदाधिकारीले शनिबारदेखि केन्द्रीय सदस्यले उठाएका यीनै विषयमाथि धारणा राख्ने भएका छन् । कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी जम्मा १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने मनोनित गर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ