उपेन्द्र यादवको कार्बाही खारेज गर्दै संघीय परिषद्को अध्यक्षकै हैसियतमा विज्ञप्ति जारी गरे बाबुरामले

उपेन्द्र यादवको कार्बाही खारेज गर्दै संघीय परिषद्को अध्यक्षकै हैसियतमा विज्ञप्ति जारी गरे बाबुरामले

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार ३१ काठमाण्डौँ । जसपा भित्रको विवादले पार्टी विभाजनको संघारमा पुगेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले शुक्रबार बाबुराम भट्टराई सहित ९ जनालाई निष्कासन गरेको निर्णय सार्वजनिक भएकै दिन बाबुराम भट्टराईले संघीय परिषद् अध्यक्षकै हैसियतमा विज्ञप्ति जारी गरी कार्बाहीलाई खारेज गरेका छन् ।

यादव पक्षको विस्तारित बैठकले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्षबाट हटाउनुका साथै अन्यलाई पनि कार्बाही गरेको थियो ।
त्यस अघि भट्टराई समुहले पनि काठमाण्डौँमा अलग्गै भेला गरेको थियो ।
विज्ञप्तिमा भट्टराईले कार्बाहीको घोर भत्र्सना गर्दै पार्टी पुनर्गठनको विकल्प नरहेको उल्लेख गरेका छन् ।
यादव पक्षले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ