असार ३१ काठमाण्डौँ । आज भएको उपसभामुखको निर्वाचनमा एमालेका उम्मेद्धार पराजीत भए पछि एमाले नेता सुवास नेम्वाङले यो गठबन्धन भत्किनु पर्ने बताएका छन् ।
सञ्चारकर्मीहरुलाई प्रतिकृया दिँदै नेम्वाङले पाँच दलीय गठबन्धन गलत र दुषित भएको भन्दै यो भत्काउने कुरामा एमालेमा लुकिछिपि कुरा नरहेको बताए ।
यो गठबन्धन भत्काउन एमाले खुल्लमखुल्ला लागि परेको पनि उनको भनाई छ ।
आज उपसभामुखको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी पुष्पा भुषाल बिजयी भएकी थिईन् भने एमालेकी विद्या भट्टराई पराजीत बनेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline