प्रचण्ड दिल्ली प्रस्थान, चीनीया नेता आउनु र आफू भारत जानुमा सम्बन्ध छैन : प्रचण्ड

प्रचण्ड दिल्ली प्रस्थान, चीनीया नेता आउनु र आफू भारत जानुमा सम्बन्ध छैन : प्रचण्ड

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

असार ३१ काठमाण्डौँ । माओवादी अध्यक्ष प्रचण्ड भारतको राजनीतिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । उनले दिल्ली उड्नु अघि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफू भारत जानु र चीनीया नेता नेपाल आउनुका बिषयमा कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यसबारे कुनै अलमलमा पर्न नहुने पनि प्रष्टीकरण दिए।

‘भारतीय जनता पार्टीका प्रेसिडेन्टको औपचारिक निमन्त्रणमा मेरो भ्रमण हुँदैछ,’ प्रचण्डले भने, ‘संयोग जस्तो, चिनियाँ विदेश विभागका प्रमुख नेपाल भ्रमणमा आउने कुरा हुँदा भारतीय विदेश सचिवसँग मेरो कुराकानी हुँदै थियो, त्यतिबेला यसबारे थाहा पनि थिएन।’

नेपालको समग्र विकास र द्विपक्षीय स्थितिलाई बलियो बनाउन आफ्नो भ्रमण महत्वपूर्ण हुने बताए।

‘चिनियाँ नेता आउने र म भारत जाने कुरासँग यो भ्रमणको कुन सम्बन्ध छैन। अनावश्यक कम्फ्युजन कसैलाई नहोस्,’ प्रचण्डले भने।

प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने छन् ।

उनले दिल्लीमा मोदीसँग भेट्ने संभावना बलियो छ भने भाजपाका शीर्ष नेतृत्व, भारतीय विदेश मन्त्री र सुरक्षा सल्लाहकारसँग समेत भेट गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ