असार ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आकस्मिक भारत भ्रमणमा जान लागेका छन् । आज दिँउसो १ बजे उनी दिल्ली प्रस्थान गर्नेछन् । भारत भ्रमण जानु अघि हिजो उनले स्थायी समितिको बैठकमा भ्रमणको बारेमा ब्रिफिगं गरेका थिए ।
दिल्लीमा पुगेर प्रचण्डले भारतीय जनता पार्टी ( बिजेपी ) को कार्यलयमा सो पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नेछन् ।
बिजेपी अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिनका लागि दिल्ली जान लागेका प्रचण्डले त्याहाँ विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्ने तय भएको बताईएको छ ।
दिल्लीमै आयोजना हुने एक सेमिनारमा प्रचण्डले प्रमुख वक्ताको रुपमा उपस्थिति जनाउने छन् ।
प्रचण्डले नड्डा मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने आईतबारका लागि निश्चित हुने बताईएको छ ।
नेपालमा चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओँसँगको भेटवार्ता सकिए लगत्तै प्रचण्ड दिल्ली जानुलाई आश्चर्यजनक मानिएको छ ।