एम अधिकारी गभर्नर हैनन् : एमाले

एम अधिकारी गभर्नर हैनन् : एमाले

  • बिहिबार, असार ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असार ३० काठमाण्डौँ । चौतर्फी बिरोध बढेपछि एमालेको अर्थ विभाग सदस्य एम अधिकारी गभर्नर नभएका एमालेले दाबी गरेको छ ।

आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले पनि एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

सोही पत्रको जवाफ दिँदै एमालेले एम अधिकारी भनेको गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेको हो ।

एमालेले एम अधिकारी गभर्नर होईन भने पनि पार्टीको महत्वपूर्ण विभागमा प्रतिनिधित्व गर्ने एम अधिकारी नामका व्यक्ति को हुन् त ? भन्ने बारे कुनै स्पष्ट जानकारी दिईएको छैन ।

उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

यसले अझै पनि एम अधिकारी नामक व्यक्ति पत्ता लाग्न नसकेको भन्दै बिरोध भईरहेको छ ।
सदनदेखि सडक सम्म गभर्नर अधिकारी नै एम अधिकारी भएको भन्दै राजीनामाको माग भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ