असार ३० काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको छ ।
नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम भट्टराईले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् ।
यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । लोसपाले गठबन्धनलाई नै सहयोग गर्ने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline