असार ३० काठमाण्डौँ । पाँच दलीय गठबन्धनको साझा उम्मेद्धारका रुपमा ननेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले संसदको उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् ।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् ।
यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । त्यो बेला भने उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।
०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् ।
तर यस पटक पाँच दलीय गठबन्धनको बहुमत रहेकाले भुषाल उपसभामुख हुने लगभग निश्चित छ ।
उता प्रमुख प्रतिपक्षी दल एमालेले भने कसलाई उम्मेद्धार बनाउने भनेर अझै टुंगो लगाएको छैन । एमालेले लोसपासँग तालमेल गरेर उम्मेद्धारी दिने भनिए पनि ठोस निर्णय आईसकेको छैन ।