असार ३० बीरगञ्ज । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराई अस्थीर र अराजक प्रवृतिको व्यक्ति भन्दै कडा आलोचना गरेका छन् ।
उपेन्द्र यादव पक्षले बीरगञ्जमा गरेको विस्तारित बैठकमा भट्टराईमाथि कटाक्ष गर्दै माओवादीमा हुँदा पनि भाँड्ने मात्रै काम गरे, अहिले जसपामा पनि भाँड्ने मात्रै काम गरीरहेको बताए ।
काठमाण्डौँमा बाबुराम पक्षले पनि जसपाको विस्तारित बैठकको नाममा भेला गरेको छ ।
दुबै पक्षले बहुमत आ आफ्नो पक्षमा पुगेको दाबी गरिरहेका छन् ।
यादवको पक्षमा २६४ जना र बाबुरामको पक्षमा १२८ जना केन्द्रीय सदस्य उपस्थित भएको र आफूहरुको बहुमत रहेको उपाध्यक्ष अशोक राईले बताए ।
राईले पनि बाबुराम गलत बाटोमा हिँडेको भन्दै बिरोध गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline