असार २९ काठमाण्डौँ । एम अधिकारीको नाममा गभर्नर महाप्रसाद अधिकारी एमालेको आर्थिक तथा योजना विभागको सदस्य भएको दाबी गर्दै सडकमा लगानीकर्ता र माओवादीका भातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।
एम अधिकारीको नाममा गभर्नर अधिकारीलाई एमालेको विभागमा समेटिएको भन्दै लगानीकर्ताहरुले उनी विरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लगानीकर्ताहरुले पूँजी बजार सुधारको लागि बाधक बनेका गभर्नर पार्टीको कार्यकर्ता भएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।
यसै गरी माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले पनि एम अधिकारी भनेको महाप्रसाद अधिकारी नै भएको र उनलाई बर्खास्त गर्नु पर्ने माग राख्दै सडकमा प्रदर्शन गरेको छ ।
आजै ससदमा पनि एम अधिकारी को हो ? भनेर सांसदहरुले प्रश्न उठाए । राष्ट्र बैंकको गभर्नर हुँदा कुनै पनि दलको सदसय हुन नपाउने कानुनी व्यवस्था छ । यदी भएको पाईएमा सरकारले छानविन गरेर बर्खास्त गर्न सक्छ ।
