नेपाल मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छः राष्ट्रपति भण्डारी

नेपाल मित्रराष्ट्रहरूको साथ लिएर अघि बढ्छः राष्ट्रपति भण्डारी

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन् । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानछाओसँग राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताईन् ।

राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताएकी बताएकी थिईन् ।

चिनियाँ नेता लिउले भने आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताएका थिए । ‘मैले नेपालको सबै राजनीतिक दलका नेताहरुसँग भेटेँ । पार्टीहरूबीचको सम्बन्ध विस्तारका लागि म आएको हुँ,’ लिउको भनाइलाई उद्धृत गर्दैराष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले भने, ‘दुई मुलुकबीचको सम्बन्ध विकास र विस्तार गर्न नेपालका राजनीतिक पार्टीहरूले खेलेको भूमिकालाई प्रशंसा गर्छु ।’

लिउले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, पारस्परिक लाभ र द्विपक्षीयहितको आधारमा विकास भइरहेको बताएका थिए ।

बिहान साढे ३० देखि राष्ट्रपति निवास पुगेका लिउ सवा ११ बजेसम्म बाहिरिएका थिए । लिउ बुधबार बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ । उनले आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासहित काग्रेंसका अन्य नेताहरुसँग भेटवार्ता गरेका थिए ।
लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उक्त पार्टीका नेताहरुसँग भेटवार्ता गरे । लिउले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ