असार २८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । एक पक्षीय रुपमा बाबुराम भट्टराई समुहले काठमाण्डाँैमा भेला बोलाएको छ भने बीरगञ्जमा उपेन्द्र यादव पक्षको बैठक ।
काठमाण्डौँको भेलामा बोल्दै संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाए । उनले आफूले गरेको बैठक बैधानिक भएको भन्दै बीरगञ्जको बैठक रोकेर वार्तामा आउन अपील गरे ।
भट्टराईले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे ।
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रश्तावलाई अध्यक्ष यादवले नमानेको बताए ।
उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए ।
उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने स्पष्ट पारे ।
अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने पनि बताए ।
अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गर्दै नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गरे ।