चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

  • मङ्लबार, असार २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । ओलीलाई भेट्न लिउ बालकोट पुगेका थिए ।

भेटमा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई, विष्णु रिमाललगायत पनि सहभागी थिए ।

सीपीसीका नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। छलफलमा नेपालमा भइरहेको चिनियाँ विरोधी गतिविधि र संभावित कम्युनिष्ट गठबन्धनको बारेमा छलफल भएको थियो। लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ।

भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन्। सीपीसीको विदेश विभाग प्रमुख भएपछि लिउले नेपालबाट आफ्नो विदेश भ्रमण सुरु गरेका छन् । नेपाल आउनु अघि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए। लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे। त्यसकै शृंखलास्वरुप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ