असार २६ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन सरकारलाई अनुरोध गरेको छ ।
आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटका क्रममा नेता लिउले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धताको कदर गर्दै चीन विरोधी गतिविधि हुन नदिन अपील गरेका हुन् ।
एमसीसी परियोजनाको अनुमोदनपछि अमेरीकी अधिकारीहरुको आउजाउ बाक्लो भएको र तिव्वती शरणार्थी शिबिरहरुमा पश्चिमा कुटनीतिज्ञहरुको सम्पर्क बढेका बेला चीनले सचेत गराएको हो ।
यस अघि लिउले प्रधानमन्त्री देउवासँगको भेटमा पनि सोही कुरा दोहोर्याएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline