चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चाओ नेतृत्वको प्रतिनिधिमण्डल काठमाण्डौँ आईपुग्यो

चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चाओ नेतृत्वको प्रतिनिधिमण्डल काठमाण्डौँ आईपुग्यो

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् ।
गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने भ्रमणका लागि काठमाण्डौँ आईपुगेको हो । चाओको नेतृत्वमा आठ सदस्यीय टोली रहेको छ । चीनीया टोली बत्तीसपुतली स्थित द्धारीका होटलमा बसेको छ ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।
नेपालमा अमेरीकी परियोजना एमसीसी अनुमोदन भएपछि चीनले सक्रिय चासो देखाउदै आएको छ ।
नेपाल आउनु अघि लिउले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र परराष्ट्रमन्त्री नारायण खड्कासँग भिडियो संवाद गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ