असार २२ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनःले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए पनि छानविन पछि निर्दोष सावित भएर पुनः मन्त्रालय फर्कने दाबी गरेका छन् ।
संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनः अर्थमन्त्री बन्ने दाबी गरेका हुन् ।
उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको पनि बताए ।
संसदमा एमालेले अर्थमन्त्रीबारे गरेको टिप्पणीको पनि पुनले विरोध गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline