संसदमा अर्थमन्त्रीले स्पष्टीकरण दिन थालेपछि सदन छाडेर हिँडे एमाले सांसद

संसदमा अर्थमन्त्रीले स्पष्टीकरण दिन थालेपछि सदन छाडेर हिँडे एमाले सांसद

  • बुधबार, असार २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असार २२ काठमाण्डौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न थालेपछि एमालेका सांसदहरु सदन छाडेर हिँडेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने भन्दै बिरोध गरेका थिए ।

अर्थमन्त्रीले बोल्न थाले पछि मन्त्रीको रुपमा बोल्न नपाईने भन्दै एमालेले सदन बहिष्कारको जनाउ दिएर सांसदहरु बाहिरिएका हुन् ।

उनीहरुले अर्थमन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ