असार २२ काठमाण्डौँ । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसीर २ मा तोक्ने तयारी गरेको छ । कार्तिक ३० मा हुने भन्ने चर्चा भए पनि मंसीर २ का लागि मिति तय हुन सक्ने बुझिएको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आगामी मंसिर २ गते शुक्रबारका दिन गर्न सरकारलाई सिफारिस गर्ने तयारी छ । यसअघि कात्तिक ३० गते मसान्तका दिन चुनाव गर्न आयोगले मिति प्रस्ताव गर्न लागेको थियो ।
आयोगले आज प्रधानमन्त्रीलाई सिफारीस बुझाए पछि सरकारले चुनावको मिति तोक्नेछ ।
सरकारले १२० दिनको समयावधि राखेर चुनावको मिति घोषणा गर्नुपर्ने प्रावधान छ । आयोगले आगामी मंसिर २२ सम्म प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल रहने छ ।
चुनावको मिति घोषणा पछि सरकार काम चलाउ हुने भएकाले सरकारले मिति तोक्ने काम साउनमा मात्रै गर्न सक्ने आंकलन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline