देशका लागि पाँच दलीय गठबन्धन अभिषाप नै भयो, यसले केही काम गर्न सक्दैनः ओली

देशका लागि पाँच दलीय गठबन्धन अभिषाप नै भयो, यसले केही काम गर्न सक्दैनः ओली

  • सोमवार, असार २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

असार २० काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि अभिषाप भएको दाबी गरेका छन् । राजनीतिका हिशाबले, राष्ट्रियता र अर्थतन्त्रका हिशाबले देशका लागि गठबन्धन अभिषाप भएको तर्क ओलीको छ ।
आज संसदमा संवोधन गर्र्दै उनले साथै यो गठबन्धन सरकारले अहिले सम्म कुनै काम गर्न नसकेको पनि दावी गरे ।
आफ्नो स्वार्थको खेती गर्या छ, एउटा दल बिशेषको, गठबन्धन बिशेषको स्वार्थको बाली काट्ने , फसल उठाउने ठाँउ देश हो ? भन्दै उनले कडा प्रश्न गरेका छन् ।

किशानलाई मल दिन नसकेको, मंहगी नियन्त्रण गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

उनले यो संसदले समेत कुनै काम गर्न नसकी निरीह बनेको भन्दै बजेट निर्माणमा बाहिरका मान्छे छिरेर करको दरमा गरिएको हेरफेरप्रति छानविन गर्न माग गरे ।
उनले बाहिरका मान्छे छिरेर करको दर हेरफेर गर्ने संसारका काँही चलन नभएको पनि बताए ।
ओलीले अर्कोतिर एसपिपिमा आफ्नो नाम जोडिएपछि बिरोध गरेका छन् ।

एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको बताएका थिए । ुसरकारी कागजपत्रहरूमा त्यस्तो चलानी नम्बर हेरफेर गरी पठाउनेस मिति हातले लेख्नेस चलानी नम्बर पछि हातले लेख्ने यस्तो प्रचलन हुँदैन । तर‚ म प्रधानमन्त्री भइसकेपछि पत्र पठाइएको भनेर अहिले जुन आएको छ‚ त्यसको सत्यतथ्य आउनुपर्छ ।

ओलीले भने, नेपाली सेनाले प्रचलन हो भनेको छ । यस्तो प्रचलन पनि हुन्छ र ? प्रचलनै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन पनि हुन्छ र ?

एसपिपिमा ओलीको नाम जोडिए देखि नै उनले बिरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ