युवाको मृत्यु प्रकरणमा परिवारले किटानी जाहेरी दिए पछि अछाम पञ्चदेवलकी मेयर पक्राउ

युवाको मृत्यु प्रकरणमा परिवारले किटानी जाहेरी दिए पछि अछाम पञ्चदेवलकी मेयर पक्राउ

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असार १९ काठमाण्डौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
१७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएकाले मेयर चलाउने प्रहरी नियन्त्रणमा आएकी हुन् । उनी वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। अहिलेसम्म सात जना पक्राउ परेका छन् । विनोद कक्षा १० मा पढ्ने विद्यार्थी हुन्।

उनी गत जेठ १७ गतेदेखि बेपत्ता थिए । उनको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको थियो।

यो घटनाको सिआइबीले पनि अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको भन्दै प्रदर्शन गरिरहेका छन्।

मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप लागेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ