पार्टी भित्रको अन्तरघात र काँग्रेसको धोकाका कारण अपेक्षा अनुसार चुनावमा जीत भएन, अब पहिलो कम्युनिष्ट शक्ति बन्ने गरी लाग्नु पर्छः प्रचण्ड

पार्टी भित्रको अन्तरघात र काँग्रेसको धोकाका कारण अपेक्षा अनुसार चुनावमा जीत भएन, अब पहिलो कम्युनिष्ट शक्ति बन्ने गरी लाग्नु पर्छः प्रचण्ड

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

असार १९ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी भित्रको अन्तरघात र काँग्रेसको धोकाका कारण अपेक्षा अनुसार चुनावमा नतिजा नआएको निष्कर्ष निकालेका छन् ।
आजबाट शुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले अब अन्तरघातीलाई कार्बाही गर्ने राम्रो तयारी गरेर आगामी निर्वाचनमा पार्टीलाई कम्युनिष्ट मध्य पहिलो शक्तिको रुपमा स्थापित गर्ने गरी लाग्ने बताए ।

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताए ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ