असार १८ ललितपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषि मन्त्री महेन्द्र राय यादवले किशानलाई मल दिनुको साटो झण्डा मात्र हल्लाएको भन्दै राजीनामा दिन माग गरेका छन् ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई मल दिन नसकेको भन्दै राजीनामा दिन माग गरेका हुन् ।
दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो भनी प्रश्न गर्दै ओलीले मन्त्री भएर भत्ता खाऊ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर ?
उनले मन्त्री पिर्कामा सलामी खानको लागि बनाएको हो ? भन्दै रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ब्यग्यात्मक प्रश्न समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline