नेपाल चीनसँग अझ घनिष्ट सम्बन्ध बनाउन ईच्छुक छ : परराष्ट्रमन्त्री

नेपाल चीनसँग अझ घनिष्ट सम्बन्ध बनाउन ईच्छुक छ : परराष्ट्रमन्त्री

  • शुक्रबार, असार १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नेपालका परराष्ट्मन्त्री डा. नारायण खड्काले नेपाल चीनसँगको मित्रता अझ घनिष्ट बनाउन र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओसँगको भिडियो संवादमा मन्त्री खड्काले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि दोहोर्याए ।

चीनले गरेको विकास, प्राविधिक आविष्कारले विश्वलाई सन्देश दिएको भन्दै मन्त्री खड्काले नेपालमा गरेको सहयोगका लागि धन्यवाद पनि दिए ।

उनले चीनीया कम्युनिष्ट पार्टीसँग घनिष्ट सम्बन्ध विकास गर्न आफ्नो पार्टी पनि प्रतिवद्ध रहेको बताए ।
सिपिसिका विदेश विभाग प्रमुख लिउले चीनले नेपाल सहित सबै छिमेकीहरुप्रति समान, सम्मानजनक र मैत्रीपूर्ण व्यवहार गरिरहेको उल्लेख गर्दै कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिन पिगंको नेपाल भ्रमणपछि दुई देशको सम्बन्धमा नयाँ अध्याय शुरु भएको पनि बताए ।

लिउले यस अघि माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग पनि संवाद गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ